२९ बैशाख २०८२, सोमबार

 

प्रधानमन्त्री महेन्द्रनगर जाँदै, पारियो सुरक्षा व्यवस्था कडा

प्रधामन्त्री केपी शर्मा ओली सोमबार महेन्द्रनगर जाने भएका छन्  । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रधानमन्त्री आउने भएपछि आइतबारदेखि नै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएको जनाइएको छ। कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।

ओली सोमबार बिहान काठमाडौंबाट हुने श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

केहीबेर धनगढीमा आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत दैजीछेला औद्योगिक क्षेत्रमा सहभागी हुने तय भएको छ । कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट,सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना,वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौरीशंकर चौधरी समेत कार्यक्रममा आउने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung