१ जेष्ठ २०८२, बिहीबार

 

प्रचण्ड–नेपाललाई भेट्न पेरिसडाँडा पुगे जसपाका यी नेता

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने निर्णय गरेसँगै दलहरूबीच छलफल तीव्र बनेको छ । नेकपाको दाहाल–नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद अघि बढाइरहेको छ ।

यसैबीच जनता समाजवादी पार्टीका नेताहरू नेकपा दाहाल–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्।

दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन् । अहिले नेताहरूबीच पेरिसडाँडामा छलफल भइरहेको छ।

फागुन ११ मा सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि हिजोदेखि राजनीतिक दलहरूबीच छलफलले तीव्रता पाएको हो।

हिजोमात्रै दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung