६ जेष्ठ २०८१, आईतवार

 

गरिमा बैंकको ‘सजिलो अटो लोन’ सार्वजनिक

गरिमा विकास बैंकले कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८८ प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्ने जनाइएको छ ।

आफ्नो सवारी चढ्ने ग्राहकहरूको सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी साबित हुने बैंकले दाबी गरेको छ । हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएमबाट बैंकिङ सुविधा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्