८ जेष्ठ २०८१, मंगलवार

 

गिलासमा यौनजन्य नारा लेख्ने चिनियाँ चिया कम्पनीले माफी माग्यो

चीनमा एक चर्चित चिया कम्पनीले आफ्नो उत्पादनमा यौनजन्य नारा लेखेपछि माफी माग्नुपरेको छ। ‘सेक्सी टी सप’ले आफ्नो गिलासमा महिलाका लागि ‘वार्तालाप’ शब्द प्रयोग गरेको थियो।

साथै यो पनि लेखिएको थियो– ग्राहकले पेय पदार्थ मगाउँदा महिला पनि छनोट गर्न सक्नेछन्। उक्त सपले पहिले पनि आफ्नो टी ब्यागमा नारा राखेको थियो– मास्टर आई वान्ट यू अर्थात् गुरु, म तपाईंलाई चाहन्छु। साथमा भ्यागुताको बच्चाको तस्बिर पनि राखिएको थियो, जसको आकार शुक्राणुजस्तो देखिन्थ्यो।

सपले पछि भन्यो– त्यसको उद्देश्य महिलाको अपमान गर्नु थिएन। सेक्सी टी सपले भर्खरै आफ्नो गिलासको नयाँ स्वरूप निकालेको थियो, जसमा हुनान प्रान्तको राजधानीमा मुख्य रूपमा बोलिने भाषामा नारा लेखिएको थियो। गिलासमा धेरैवटा स्थानीय लोकोक्ति लेखिएका थिए, जसमध्ये एउटा थियो– चिआन लु जेई, जसलाई सस्तो सम्झौताका लागि प्रयोग गरिन्छ।

त्यसपछि कम्पनीले उदाहरण दिँदै भन्यो, ‘यस पंक्तिलाई एक वाक्यमा यसरी प्रयोग गर्न सकिन्छ– जब म बबल चिया खरिद गर्न गएँ, तब त्यहाँ निकै सुन्दर युवती थिए। तपाईं यस्ता केटी भेट्नुहुन्छ, मित्रभावका साथ भन्न सक्नुहुन्छ– मैले कुराकानी गरें। जुन गिलास चिनियाँ सामाजिक सञ्जाल विबोमा भाइरल भयो र खुब आलोचना भयो।’ एक जनाले लेखे, ‘यो निम्नस्तरको मार्केटिङ हो।’

अर्काले लेखे, ‘त्यो नारा अपमान गर्ने खालको छैन, तर कम्पनीले जुन उदाहरण दिएको छ, त्यो अपमानजनक छ, मार्केटिङ टिमका कसैलाई पनि यो गलत लागेन ? ’यसपछि कम्पनीले लामो वक्तव्य जारी गर्दै त्यस्तो नारा प्रयोग गरेकामा क्षमा माग्यो। वक्तव्यमा भनियो, ‘हामीले एकदमै अनुचित वाक्य प्रयोग गर्‍यौँ, जसले स्थानीय भाषामा पनि मानिसले स्वीकार गरेनन्.. हामी धेरै लज्जित छौं। हामीले महिलाको अपमान बिलकुल गर्न खोजेको थिएनौं।’

अगाडि भनियो, ‘हामी त्यसरी बनाइएका गिलास तुरुन्त फिर्ता लिन्छौं र यस कुरालाई गम्भीरतापूर्वक मनन गर्छौं।’ प्रयोगकर्ताले यो पनि भने, सेक्सी टी सपले आफ्नो मार्केटिङ गर्ने क्रममा यसरी उखानलाई यौनजन्य तरिकाले प्रयोग गरेको यो नै पहिलोपटक होइन। धेरै मानिसले भनेका थिए, ‘टी ब्यागमा जुन भ्यागुताको बच्चाको तस्बिर प्रयोग गरिएको छ, त्यो हेर्दा शुक्राणुजस्तो देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्