१५ बैशाख २०८१, शनिबार

 

रोमान्टिक तस्वीर सेयर गर्दै श्रृंखला खतिवडाले स्वीकारिन् प्रेम सम्बन्ध

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफनो प्रेम सम्बन्धलाई स्वीकारेकी छन् । आइतबार बेलुका इन्स्टाग्राममा सञ्चार उद्यमी सम्भव सिरोहियासँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

‘नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’श्रृंखलाले आफूहरु प्रेममा रहेको जानकारी दिँदै लेखिकी छन् ।

‘गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।’‘ म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु’ श्रृंखला लेख्छिन् ।

प्रतिक्रिया दिनुहोस्