
काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोरा एक अर्कासँग अलग्गिएका छन् ।
हालै उनीहरूले ब्रेकअप गरेका भारतीय सञ्चारमाध्यम पिंकभिलामा उल्लेख छ।
५० वर्षीया मलाइका र ३८ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धको बारेमा धेरै चर्चा हुने गरेको हो ।
अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरू भएको हो जब उनीहरू एकसाथ एक फेसन शोमा देखिए। उनीहरु बिचको माया र प्रेम सधैं चर्चामा रह्यो।
उनीहरूले एक अर्कासँग अलग हुने गरेको निर्णय बारे मौनता कायम राखेका छन्।कफि विथ करणमा अर्जुनले आफ्नो प्रेम जीवन निर्णायक मोडमा पुगेको बताएका थिए।