४ श्रावण २०८३, सोमबार

 

बागलुङको प्रहरी प्रमुखमा कृष्ण मगर

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । गृहमन्त्रालयले बागलुङसहित ११ जना एसपी १८ जना डिएसपीको सरुवा गरेको हो ।

बागलुङका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत कृष्ण बहादुर पल्ली मगरको पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung