४ जेष्ठ २०८२, आईतवार

 

सर्वसम्मत नेतृत्व चयनका लागि राजभण्डारीको संयोजकत्वमा वार्ता टोली गठन

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको  आसन्न निर्वाचनमा सर्वसम्मत नेतृत्व चयनका लागि महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।

प्रेस संगठन नेपाल बागलुङको आज बसेको पहिलो बैठकले संगठनका सल्लाहकार एवं महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’को नेतृत्वमा महासंघको सर्वसम्मत कार्यसमिति चयनका लागि आवश्यक पहलकदमी लिन राजभण्डारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको हो ।

जसको सदस्यमा तारानाथ आचार्य, हिमाल शर्मा, राजेशचन्द्र राजभण्डारी र राज थापा रहेका छन् ।

व्यवसायिक पत्रकारितामा अब्बल रहेका थापाले पत्रकार महासंघको नयाँ भवन निर्माण तथा संस्थागत विकास, पत्रकारहरुको व्यवसायीकरण र हकहितका पक्षमा अध्यक्ष दिल शिरीषको नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए ।

बैठकले जिल्लाका सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरी पत्रकार तथा सञ्चारकर्मीलाई अनिवार्य रुपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अपिल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले संगठनको केन्द्रीय र प्रदेश समितिसँग समन्वय गरी जिल्लाका दश वटै स्थानीय तहमा संगठनको कमिटि विस्तार गर्ने निर्णय गरेको सचिव खातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung