
सत्ता सहकार्यका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य गर्न संयुक्त कार्यदल गठन भएको छ । सहकार्य गर्न ५ सदस्यीय संयुक्त कार्यदल बसिसकेको खुलेको हो ।
मंगलवार बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको विषयमा प्रश्न उठेपछि ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराएका हुन् । एक सांसदका अनुसार वार्ता टोलीमा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई छन् ।
पूर्व राजपाको हैसियतमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्ता टोलीका सदस्य रहेको ती सांसदले बताए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।