६ जेष्ठ २०८१, आईतवार

 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक अब काठमाडौंमा पनि

रुपन्देहीको बुटवलमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा काठमाडौंसम्म विस्तार भएको छ । बैंकका शाखाहरु काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोगंबु र बसुन्धरा शाखा कार्यालयको उद्घाटन भएको छ ।

वित्तीय पहुँच र ग्रामीण बैकिंगलाई उच्च प्राथमिकतामा राखेको यस बैंकले अब ग्रामिण क्षेत्रलाई काठमाडौंसँग आर्थिक कारोबारमा जोडिने योजनाअनुरुप काठमाडौंमा नयाँ शाखाहरु सञ्चालन गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गुल्मीमा रहेको रेसुङ्गा विकास बैंक, बाँकेमा रहेको भार्गव विकास बैंक र रुपन्देहीको सिद्धार्थनगर भैरहवाको पूर्णिमा विकास बैंकसँग मर्जरर एक्विजिशन गरी व्यवसायिक क्षमताको विस्तार गरिरहेको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पूजीबाट सञ्चालनमा आएको यस बैंकको हाल ४ अर्ब पूजीकोष, ४ लाखभन्दा बढी ग्राहक, ३३ अर्बभन्दा बढी निक्षेप, ३१ अर्बभन्दा बढी कर्जा लगानी, ८०० भन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्