नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै रहने बताएका छन् ।विराटनगरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस तत्कालै सरकारमा नजाने स्पष्ट पारे । सभापति देउवाले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत नल्याउने बताए ।
‘कांग्रेसले सरकार पनि बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभापति देउवा विराटनगर पुगेका हुन् ।
विराटनगर पुगेर देउवाले भने – ‘ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैन’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै रहने बताएका छन् ।
विराटनगरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस तत्कालै सरकारमा नजाने स्पष्ट पारे । सभापति देउवाले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत नल्याउने बताए ।