
रेशम चौधरी र लक्ष्मण चौधरीको मुद्दा खारेजीको माग गर्दै धर्ना बसेका आन्दोलनकारीसँगै गृहमन्त्री रामबहादुर थापा पनि सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् । विरोध कार्यक्रम थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो ।
आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताएका थिए ।
‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’