२९ बैशाख २०८२, सोमबार

 

अटो रिक्सा चालकलाई सांग्रिला डेभलपमेन्ट बैंकमा कर्जाको सुविधा

सांग्रिला डेभलपमेन्ट बैंक शाखा बागलुङले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकका लागि विशेष सुविधा ल्याएको छ। बैंक र प्रशन्न मल्टी बिजनेश कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउनेहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरूलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बागलुङ शाखाका बैंक म्यानेजर श्रीजय श्रेष्ठले जानकारी दिए । रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ।

राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकलाई कर्जा दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung