६ जेष्ठ २०८१, आईतवार

 

कुमारी बैंकको लोभलाग्दो प्रगति, १ अर्ब ८० करोड ८४ लाख नाफा

कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा ७८.५७ प्रतिशतले वृद्धि गरेको छ । चैतसम्म बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १ करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकको नाफा नाफा ७९ करोड ५७ लाख रुपैयाँले बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको वितरण योग्य नाफा ९८ करोड ४८ लाख रुपैयाँ छ । यसबाट कोभिड महामारीका बीचमा बैंक व्यापार विस्तार गर्न पनि सफल भएको देखिन्छ । निक्षेप संकलन र कर्जा लगानीमा पनि विस्तार भएको छ ।

सञ्चित कोषको आकार बढेर ३ अर्ब ८० करोड ४० लाख रुपैयाँ पुगेको छ । यसअघि २ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ थियो । प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ २४ पैसाले बढेर १७ रुपैयाँ ३७ पैसा पुगेको छ ।

कोभिड महारमारीका बीचमा पनि कुमारीले आकर्षक हिसाबले व्यापार विस्तार गर्न सकेको हो । बैंकको सबैभन्दा महत्वपूर्ण मानिने कोर बिजनेस पनि आकर्षक हिसाबले वृद्धि भएको छ । बैंकको निक्षेप लागत, आधारदर घटेको छ ।

बैंकको खुदब्याज आम्दानी बढेर ३ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा खुदब्याज आम्दानी २ अर्ब ५७ करोड २६ लाख रुपैयाँ थियो । खुदब्याज आम्दानी १ अर्ब २५ करोड रुपैयाँ बढेको छ ।

बैंकको निष्क्रिय कर्जा १.०९ प्रतिशत रहेको छ । निक्षेप लागत ५, सीसीडी रेसियो ८१।२३, आधारदर ७।६३ र स्प्रेड दर ३।१९ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि बढेर १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्