
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । प्रधामन्त्रीनिवास बालुवाटारमा नेकपा एमालेको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताए ।
उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।
‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’