४ जेष्ठ २०८२, आईतवार

 

११ वटा विद्यालय सञ्चालक पक्राउ

सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल पक्राउ परेका छन् । विद्यालय बन्द गर्ने सरकारको निर्णय अवज्ञा गरेर खोलेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

पक्राउ परेकाहरुलाई संक्रामक रोक ऐन २०२० अनुसार कारबाही हुने पोखरेलले जानकारी दिए । कोरोना संंक्रमण तिव्ररुपमा फैलिएपछि सरकारले सोमबारदेखि वैशाख मसान्तसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung