२५ बैशाख २०८१, मंगलवार

 

बागलुङमा बिहान ११ बजेदेखि १ बजेसम्ममात्र बैंक तथा वित्तिय संस्था खुल्ने

बागलुङ नगरपालिकाभित्र रहेका बैंक तथा वित्तिय सस्थाहरु दैनिक दुई घण्टा मात्र सञ्चालनमा आउने भएका छन् । सोमबार कोभिड व्यवस्थापन समितिको बैठकले बागलुङ नगरपालिकाभित्र रहेका ‘क’ र ‘ख’ वर्गका २८ बैंकका लागि समय निर्धारण गरेको हो ।

कोभिड रोग फैलिदोक्रममा रहेकाले जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । उनका अनुसार भोलिदेखि निषेधाज्ञा जारी हुने भएकाले बैंक तथा वित्तिय संस्थाहरुमा यस्तो नियम बनाइएको हो ।

बैकर्स बागलुङका अध्यक्ष दीपक शर्माले बढ्दो संक्रमणबाट बच्न सुरक्षाका मापदण्ड प्रयोग गरेर आज भएको निर्णयलाई कार्यान्वयन गर्ने बताए ।

छलफलमा सुरक्षाका मापदण्ड प्रयोग गरेर बागलुङ नगरपालिकाभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तिय सस्थालाई बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कार्कीले नयाँ विश्वलाई जानकारी दिए ।

पछिल्लो समयमा प्रभु बैंक र नेपाल बैंकको दुई जनामा कोरोना पुष्टि भएसँगै अन्य बैंकका कर्मचारीले स्बाव परीक्षणका लागि दिएका छन् । जिल्लामा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक बन्द अवस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्