२ जेष्ठ २०८२, शुक्रबार

 

नेपालमा लगाइएको चिनियाँ खोपलाई डब्ल्यूएचओले अनुमति दियो

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो ।

चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ। नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ। यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ।

अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन् । चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए।

तर शुक्रवार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung