१ जेष्ठ २०८२, बिहीबार

 

जसपाका दुई नेता बुढानिलकण्ठबाट सिधै बालुवाटार

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै उनीहरु बुढानिलकण्ठबाट सिधै बालुवाटारतर्फ लागेका थिए ।

देउवासँगको भेटमा ठाकुर र महतोले विश्वासको मत दिने वा नदिने भन्नेबारे जसपाले कुनै निर्णय नगरेको स्पष्ट पारेका थिए । बरु, जसपा तटस्थ बस्नेबारे देउवालाई ठाकुरले जवाफ दिएका थिए ।

कांग्रेसले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । बरु, प्रधानमन्त्री ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउन देउवाले पहल गरिरहेका छन् । त्यसको लागि देउवाले जसपाको पनि साथ खोजेका छन् ।

तर, जसपामा ठाकुर–महतो पक्षले अहिले साथ दिन नसकिने सन्देश दिएका छन् । देउवा भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नियमित सम्पर्कमा छन् । यादव र भट्टराईले भने ओलीलाई जसरी पनि विस्थापित गर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव देउवासमक्ष राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung