१ जेष्ठ २०८२, बिहीबार

 

बागलुङका अस्पताल र पोलिक्लिनिकलाई आइसोलेसन केन्द्र बनाइने

बागलुङ जिल्ला प्रशासनले जिल्लामा सञ्चालित अस्पताल तथा पोलिक्लिनिकलाई कोभिड-१९ संक्रमितको उपचार व्यवस्थापनका लागि आइशाेलेसेन केन्द्र बनाउने निर्णय गरेको छ ।

२०७८ वैशाख ६ को नेपाल राजपत्रमा प्रकाशित सरकारको सूचना बमोजिम जिल्लमा सञ्चालित निलगिरि अस्पताल, सफल पोलिक्लिनिक र
मुक्तिनाथ अस्पताललाई  कोभिड–१९ का विरामीको उपचारका लागि आइशोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार जिल्लमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारमा समस्या भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung