१ जेष्ठ २०८२, बिहीबार

 

मोहनविक्रम सिंहलाई कोरोना संक्रमण

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना भाइरस संक्रमण पुष्छि भएको छ । ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेशनमा छन् ।

परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिए । पुरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ ।

‘दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको छ,’ पुरीले भने । उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung