
नेकपा एमाले खनाल–नेपाल पक्षको स्थायी कमिटीको बैठक सकिए लगत्तै माधवकुमार नेपाल र भीम रावल कांग्रेस सभापति शेरबहादुर देउवलाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले सरकार गठनमा कसैको सहयोगी बन्ने भन्दा पार्टी अध्यक्ष केपी ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेपछि संकटमा परेका नेता नेपाल र रावल देउवालाई भेट्न गएका हुन् ।
नेपाल, रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भने पनि अोलीको विरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा छन् ।
तर नेपाल पक्षमै राजीनामा दिने, पार्टी फुटाउने र कांग्रेसको सरकार बनाउन सघाउने विषयमा एकमत हुन सकेको छैन । यसअघि नेपाल र रावलले देउवालाई आफूहरु ओली सरकार ढाल्न आवश्यक सांसदको राजीनामा गराउन तयार रहेको आश्वासन दिएका थिए ।