४ जेष्ठ २०८१, शुक्रबार

 

प्रभु बैंकका सीईओ शेरचनद्वारा ‘रेम्डेसिभिर’ इन्जेक्सन सहयोग

प्रभु बैंकका सीईओ अशोक शेरचनले कोराना संक्रमितको उपचारका लागि प्रयोग गरिने ‘रेम्डेसिभिर’ इन्जेक्सन धौलागिरि अस्पताललाई सहयोग गरेका छन् ।

कोभिड विशेष अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएको सूचना पछि तत्कालका लागि ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन पठाएको सीईओ शेरचनले बताए ।

‘रेम्डेसिभिर’ बुझ्दै धौलागिरी अस्पतालका डा.अभिशेक शर्माले अहिलेको समयमा यो इन्जेक्सन उपलब्ध गराउनु सह्रानीय कार्य भएको बताए ।

जिल्ला खेलकुद विकास समिति बागलुङको पहलमा शेरचनले धौलागिरी अस्पताललाई ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गरिएमितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्