इन्स्टाग्रामले बलिउड कलाकार कंगना रनावतले गरेको पोस्ट गरेको एउटा सामग्री डिलिट गरिदिएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै रनावतले इन्स्टाग्राममार्फत आफूलाई ‘सानो फ्लु’ ले छोएको भन्दै पोस्ट गरेकी थिइन्।
पोस्ट डिलिट गरिदिएपछि उनले स्टोरीमा ‘यहाँ आएको दुई दिन मात्र भएको र एक साता पनि टिक्न नसक्ने’ बताएकी छिन्।
केही दिनअगाडि ट्विटरले उनको अकाउन्ट स्थायी रूपले सस्पेन्ड गरेको थियो। यस्तै सिलसिला जारी रहे उनको इन्स्टाग्राम पनि स्थायी रूपले सस्पेन्ड हुने धेरैले आशंका गरेका छन् ।













































































































































































































