
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका छन् ।
प्रचण्डले आइतबार आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन् । पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत प्रचण्डले गरेका छन् ।
फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’