१ जेष्ठ २०८२, बिहीबार

 

गण्डकीमा चार मन्त्रीले लिए शपथ, मन्त्रालयको संख्या १० बनाइने

- शपथ सहभागी भएनन् मनाङे

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । मन्त्रीहरू पुरानै अनुहारका रहेका छन् । पुनर्नियुक्त भएकामध्ये किरण गुरुङको मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाँकी रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले शपथ ग्रहण गराएकी हुन् । आजै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्ने स्रोतले जानकारी दिएको छ ।

पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी भएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले शपथग्रहण कार्यक्रममा सहभागी हुन नपाएको बताइएको छ ।

८ मन्त्रालय भएको प्रदेशमा १० मन्त्रालय बनाउने र विपक्षीलाई समेत समेट्ने गरी अगाडि बढ्ने मुख्यमन्त्रीको योजना छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी रहेको मुख्यमन्त्री सचिवालय स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung