कोरोना संक्रमणका कारण प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृत्यु भएको छ । नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहीबार बिहान निधन भएको हो ।
काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय डीएसपी केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए । गत वैशाख २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।







































































































































































































