४ जेष्ठ २०८२, आईतवार

 

देउवाको पक्षमा नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर, यी सांसद थपिएकाे दाबी

प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका विपक्षी गठनबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित रिट हाल्ने तयारी गरिएको हो ।

गत शुक्रबार देउवाले प्रतिनिधि सभाका १४९ जना सांसद्को हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । तर, राष्ट्रपति भण्डारीले देउवा र प्रधानमन्त्री ओली दुवैको दाबी अस्वीकार गरेकी थिइन् ।

शुक्रबार रातिको कदमका विरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र न्यायिक लडाइँ लड्ने निर्णय गरिसकेका छन्। उनीहरुले आइतबार नै रिट गर्दा गर्ने तयारी गरेको भए पनि कागजात तयार हुन नसक्दा दर्ता हुन सकेको थिएन।

सोमबार एमालेको माधवकुमार नेपाल पक्षका सांसद्हरुले आफ्नो पक्षमा सांसद्को संख्या बढेको दाबी गरेका छन्। सो पक्षकी सांसद् निरुदेवी जैरुले आफ्नो पक्षबाट ३० जना सांसद्ले हस्ताक्षर गर्ने दाबी गरेकी छिन्

शुक्रबार प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेको तर्फबाट २७ जना सांसद्ले हस्ताक्षर गरेको दाबी गरिएको थियो। तर, कतिपयले आफ्नो हस्ताक्षर नभएको बताएका थिए। तर, पुनः सो पक्षमा हस्ताक्षर गर्ने सांसद् संख्या बढेका हुन्। यसमा दीपकप्रकाश भट्ट, नारायण खतिवडा पनि थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung