२४ बैशाख २०८१, सोमबार

 

प्रभु बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने

प्रभु बैंकले मंगलबारबाट ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिइने जनाएको छ ।

बैंकका अनुसार ब्याजको भुक्तानी प्रत्येक तीन महिनामा हुनेछ। त्यस्तै ऋणपत्रको अवधि १० वर्षको हुनेछ । अंकित मूल्य एक हजार रुपैयाँको ऋणपत्र कम्तीमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने जनाइएको छ ।

४ अर्बको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणलाई छुट्याइएको छ। यसैभित्रबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइनेछ। बाँकी रहेको २ अर्ब ४० करोड ऋणपत्र विभिन्न व्यक्ति तथा संघसंस्थालाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिने बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि १६ गतेभित्र आवेदन दिइसक्नुपर्छ। ऋणपत्रका लागि बढीमा १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्