२४ बैशाख २०८१, सोमबार

 

आफ्नै भवन बनाउन जग्गा खोज्दै सेन्चुरी बैंक

पुतलीसडकस्थित कर्पोरेट कार्यालयको लिज अवधि सकिएपछि सेन्चुरी कमर्सियल बैंकले अब आफ्नै भवन व्यवस्थापन गर्ने भएको छ । यसका लागि बैंकले जग्गा मात्रै वा घरसहित खरिदका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले अहिले बसेको घरको सम्झौता अवधि सकिएकाले थप दुई वर्ष समय मागेर नयाँ घरमा सर्ने तयारी गरिएको हो ।

बैंकले चार रोपनी जग्गा खोजेको छ। सूचनामा उल्लेख भएअनुसार भवनसहितको जग्गा भए ६० हजार वर्ग फिट पार्किङ एरिया हुनुपर्छ। जसमा सयवटा बाइक र ६० वटा गाडी अट्ने हुनुपर्छ ।

बैंकले ५० करोड रुपैयाँ हाराहारीको जग्गा खोजेको छ। नक्साल, त्रिपुरेश्वर, टेकु, थापाथली, लाजिम्पाट, नयाँ बानेश्वर, बालुवाटार, चक्रपथ आसपास, पुल्चोक, जावलाखेल, कोटेश्वर, ज्ञानेश्वर तथा आसपासका क्षेत्रका साथै धोबीखोला र वाग्मती करिडोर क्षेत्रको जग्गा वा भवन

आवश्यक रहेको सूचनामा उल्लेख छ । ‘हामीले वैशाखबाटै जग्गा वा भवन खोजी गरेको हो। भेटिएको छैन।

अब उपयुक्त मूल्यसहितको घरजग्गा भेटिएन भने पनि भाडामा अर्कोतिर सर्नुपर्ने हुन्छ,’ गौतमले भने, ‘केही समयभित्र नभेटिए भाडाको घर खोज्नतिर लाग्छौं।’

प्रतिक्रिया दिनुहोस्