४ कार्तिक २०८३, मंगलवार

 

ताराखोलामा मंगलबार दुई संक्रमित थपिए, पाँच जना निको भए

ताराखोला गाउँपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं ५ स्थित ताराखोला स्वास्थ्य चौकीमा दुई जनामा एन्टिजन परीक्षण गरिएकोमा २३ वर्षीया महिलालाई पोजिटिभ देखिएको छ ।

त्यस्तै वडा नम्बर २ का दुई जनाको अर्गल स्वास्थ्य चौकीमा एन्टिजन परीक्षण गर्दा २० वर्षीया महिलामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए । ताराखोला गाउँपालिकामा मंगलबारै ५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

अहिलेसम्म ताराखोला गाउँपालिकामा सक्रिय संक्रमितको संख्या १२ पुगेको नर्सिङ अधिकृत नीता घर्तीमगरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung