६ जेष्ठ २०८१, आईतवार

 

कोरोना नियन्त्रणमा सघाउन जनप्रगतिशील मञ्च जापानले माओवादी केन्द्रको खातामा जुटाइदियो ९ लाख

जनप्रगतिशील मञ्च जापानले कोरोना रोकथाम तथा नियन्त्रणको उद्देश्यले नेकपा माओवादी केन्द्रले सञ्चालनमा ल्याएको खातामा सहयोग रकम जम्मा गरिदिएको छ ।

कोरोनाको दोस्रो लहर नेपालमा पनि तीव्र गतिमा फैलिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि माओवादी केन्द्रको प्रवास समन्वय कमिटीले मञ्चसँगको सहकार्य गरेको हो ।

त्यही क्रममा रोजगारीका सिलसिलामा प्रवासमा रहेका विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट संकलित ९ लाख १५ हजार ११ रुपैयाा खातामा जम्मा गरिएको मञ्चको पूर्वी एसिया कमिटी संयोजक हर्क थापाले जानकारी दिए ।

स्वास्थ्य सामग्रीको अभाव भइरहेको र बिरामीले बेलैमा उपचार नपाएर ज्यान गुमाउनुपरेको अवस्थामा जन्मभूमिलाई थोरै भए पनि राहत दिन सकियोस् भन्ने उद्देश्य रहेको मञ्चका पूर्वी एसिया कमिटी सदस्य भवानी पन्तको भनाइ छ ।

आगामी दिनमा पनि देशमा कुनै समस्या आउँदा प्रवासीहरूको सदैव साथ रहने मञ्चका अध्यक्ष हवलचन्द्र लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्