४ कार्तिक २०८३, मंगलवार

 

हुग्दिशीर स्वास्थ्य चौकीलाई आइएमई फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

बागलुङ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बरेङ्ग गाउँपालिको हुग्दिशीर स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

आइएमई फाउन्डेसनले कोभिड–१९ रोकथाम तथा संक्रमितको उपचारका लागि सहयोग पुगोस भनि हुग्दिशीर स्वास्थ्य संस्थालाई उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोनाको दोस्रो लहर समुदायमा फैलिएको र मानवीय क्षतिसमेत बढी हुन लागेकोले फाउन्डेसनले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकारलाई थप सहयोग पुगोस् भनी स्वास्थ्य सहयोग उपलब्ध गराएको आईएमई समूहका प्रवक्ता राजु पौडेलले नयाँ विश्वलाई बताए ।

उक्त स्वास्थ्य सामग्री फाउन्डेसनका प्रवक्ता पौडेलले बरेङ्ग गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनलाई हस्तान्तरण गरेका थिए ।

कार्याक्रममा उपाध्यक्ष दिलकुमारी पुन, स्वास्थ्य चौकीका प्रमुख पदमबहादुर पुन, विद्यार्थी नेता हरिहर शर्मा, डा लक्ष्मी पन्थी र आइएमई समूहका प्रवक्ता राजु पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

यस अघि फाउन्डेसनले अमलाचौर, पैयुँपाटा, नारायणस्थान, पैयुँपन्थाप, छिस्ती, राङ्खानी, जैदी र र कुस्मीसेरा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीलाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजरलगायतको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

‘हामीले पहिलो चरणमा यो सहयोग उपलब्ध गराएका हौं,’ उनले भने, ‘पछि आवश्यकता र प्राथमिकताका आधारमा थप सहयोग उपलब्ध गराइनेछ ।’पौडेलले भने ।

यसअघि आइएमई ग्रुपका अध्यक्ष ढकाल र फाउन्डेसनका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सरकारलाई तीन करोडबराबरको ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।

फाउन्डेसनले मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरूमा सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थासँग हातेमालो गरेर अघि बढि रहेको छ ।

आइएमई फाउन्डेसन आईएमई ग्रुपअन्तर्गत सञ्चालित मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung