४ कार्तिक २०८३, मंगलवार

 

उपत्यकामा मोडालिटी फेरेर थप एक साता निषेधाज्ञा, होटल, रेस्टुराँले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने

- हार्डवेयर र पुस्तक पसल खोल्न पाइने

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

​काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूनिषेधाज्ञाको मोडालिटीसमेत परिवर्तन गरेका छन् ।​आइतबारको निर्णयअनुसार होटल रेस्टुराँले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने भएका छन् ।

अनलाइनमार्फत अर्डर लिएर बिहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला सहभागी थिए । त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफूल पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौं,’ प्रजिअ भट्टराईले भने, ‘पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइन्छ ।’​ वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुनस् खोल्न दिइएको थियो । किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो ।

सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ । काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । ‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने निर्णय गरेका छौं,’ काठमाडौंका प्रजिअ पराजुलीले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung