५ कार्तिक २०८३, बुधबार

 

रोटरी क्लवद्वारा धौलागिरी अस्पताललाई ४ लाख ५० हजारको स्वास्थ्य उपकरण र सामग्री सहयोग

रोटरी क्लव अफ बागलुङले धौलागिरी अस्पताललाई स्वास्थ्य उपकरण र सामाग्री सहयोग गरेको छ ।कोरोना रोकथाम र नियन्त्रणको लागि सहयोग पुगोस र नागरिकहरुको जीवन रक्षाको लागि क्लबले २ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, ३० थान पिपीई सेट र २ प्याकेट ग्लव्स सहयोग गरेको क्लबका अध्यक्ष दयाराम पौडेलले बताए ।

४ लाख ५० हजार बरावरको सामाग्री क्लवका अध्यक्ष दयाराम शर्मा पौडेलले अस्पताल विकास समितिका अध्यक्ष केवि राना मगर तथा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बि पोखरेललाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष रानामगरले समाजिक क्षेत्रमा सक्रिय रोटरी क्लवसँगको सहकार्य विगतदेखि नै रहेको र कोरोना संक्रमित विरामीको उपचारको लागि प्राप्त सहयोग सामग्रीको सदुपयोग हुने बताए।

कोरोनाबाट सर्वसाधारण नागरिकहरुको जीवन रक्षामा सहयोग पुगोस र चिकित्सक, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च होस भनि स्वास्थ्य सामग्री सहयोग गरेको हो । भविष्यमा पनि सहयोग निरन्तरण रहने क्लबका अध्यक्ष दयाराम पौडेलले बताए ।

कार्यक्रम क्लवका अध्यक्ष दयाराम शर्मा पौडेलको अध्यक्षता, आगामि अध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव रामकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung