२० जेष्ठ २०८३, बुधबार

 

एक महिनामै तीन गुणा बढ्यो वाणिज्य बैंकहरूको निक्षेप, ३६ अर्ब संकलन

वाणिज्य बैंकहरूले एक महिनामा ३६ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप तीन गुणाले बढेको हो ।

वैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरूमा जेठमा मात्रै ३६ अर्ब निक्षेप आएको छ ।कर्जा लगानी जेठमा ३५ अर्बको भएको संघले जनाएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको हो ।

अघिल्लो महिना ३८ अर्ब कर्जा लगानी भएको थियो । हालसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

जेठ महिनाको अन्तिम तीन दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung