४ कार्तिक २०८३, मंगलवार

 

कोरोनाविरुद्ध लड्न गलकोटका पत्रकारलाई स्वास्थ्य सामग्री

गलकोट नगरपालिकाको वडा नम्बर ८ ले कोरोनाविरुद्ध लड्न सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाको जोखिम मोलेर निरन्तर सामग्री संकलनमा खट्नुपर्ने भएकाले सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको वडाध्यक्ष रामप्रसाद कँडेलले बताए ।

होम आइसोलेसन र आइसोलेसनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री प्रदान गर्दा उपचारमा सहयोग पुगेकाले अब पूर्वतयारीस्वरूप जोखिममा रहेका नागरिकलाई सघाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ ।

‘स्थलगत रूपमा सूचना तथा समाचार सम्प्रेषण गर्ने पत्रकार स्वस्थ भए समाजले सही सूचना पाउने भएकाले सामग्री सहयोग गरेका हौं,’ शनिबार गलकोटका पत्रकारलाई सामग्री हस्तान्तर गर्दै उनले भने ।

उनका अनुसार हेल्थ एड्भान्स प्रोग्राम इन साउथ एसिया हेप्स नेपालमार्फत गलकोट–८ मा २ थान कन्सन्टे«टर र होम आइसोलेसनका लागि महत्त्वपूर्ण स्वास्थ्य सामग्री सामावेश गरिएको कम्बो ब्याग १ सय थान उपलब्ध गराइएको बताए ।

उनका अनुसार वडा नम्बर ८ मा होम आइसोेलेसनमा रहेका ३२ जना, गलकोट नगरपालिका–९ लाई १० वटा र बाँकी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार र दीर्घरोगीलाई प्रदान गरिएको हो ।

शनिबारै सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख तथा सामुदायिक रेडियो प्रसारक संघ अकोराब गण्डकी प्रदेश सदस्य घनश्याम गौतम र नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश पार्षद थम्मन थापालाई अक्सिमिटर, थर्मोमिटर, मास्क सेनिटाइजर, सिटामोललगायतका औषधिसहित करिब ४ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

सामग्री ग्रहण गर्दै पत्रकार गौतमले स्वास्थ्य सामग्री प्रदान गर्ने वडा कार्यालय र सहयोगदाता हेप्स नेपालप्रति आभार व्यक्त गरे ।

तस्वीर : जनहित न्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung