४ श्रावण २०८३, सोमबार

 

देउवा सरकारको गृहमन्त्रीमा खाँड, अन्यमा को–को ?

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रधानमन्त्रीको शपथ लिँदैछन् । देउवा नेतृत्वको सरकारमा कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् ।

अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई दिएर आजै शपथ गराउन लागिएको हो । कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् । यस्तै, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बन्ने भएका छन् ।

माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । जसपा तत्काल सरकारमा सहभागी नहुने बताएको छ । यता, राष्ट्रिय जनमोर्चा भने पार्टीको छलफल पछि निर्णय दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung