२२ बैशाख २०८१, शनिबार

 

पेगासस सफ्टवेयर मार्फत ५० हजारभन्दा फोन नम्बर ह्याक

अधिकारकर्मी, पत्रकार र कानून व्यवसायीलाई लक्षित गर्दै फोन मालवेयर ‘पेगासस स्पाइवेयर’ को प्रयोग गर्दै इजरायली जासूसी संस्थाले विवरणहरु निरंकुश सरकारहरुलाई बिक्री गरेको खुलेको छ।

करिब ५० हजार फोन नम्बरहरु एनएसओ ग्रुपले समाचार संस्थाहरुमा लिक गरेको बताइएको छ। एनएसओले भने आरोप खण्डन गरेको छ। नम्बरहरुको सूची र कति वटा नम्बरहरु ह्याक भए भन्ने तथ्यांक यकिन भएको छैन।

उक्त सफ्टवेयर आपराधिक एवं आतंकवाद नियन्त्रणमा प्रयोग हुने गर्छ। सैनिक, कानून कार्यान्वयन र जासूसी अनुसन्धान संस्थाहरु जसले मानव अधिकार संरक्षणमा राम्रो रेकर्ड कायम गरेका छन् उनीहरुलाई सफ्टवेयर प्रयोगको अनुमति दिने गरिएको छ।

पेगासस सफ्टवेयर प्रयोग गरी फोन ट्यापिङ भएको घटना आइतबार वासिङटन पोष्ट, गार्डियन, ले मोन्डेसहित अन्य १४ समाचार संस्थाहरुले बाहिर ल्याएका थिए ।

पेगाससको प्रयोगले आइफोन र एन्ड्रोइड डिभाइसबाट मेसेज, फोटो र इमेल साथै कल रेकर्ड सोझै झिक्न मिल्ने बताइएको छ।

समाचार संस्थाहरुले ५० बढी देशका एक हजार भन्दा बढी व्यक्तिहरुको नम्बर सूचीमा रहेको जनाएका छन्।

जसमा राजनीतिकर्मी, राष्ट्र प्रमुख, व्यापारी, अभियन्ता र केही साउदी अरबका राजकीय पारिवारिक सदस्यहरु रहेको बताइएको छ। साथै, १८० पत्रकारहरुको सूची पनि रहेको बताइएको छ। सीएनएन, न्यूयोर्क टाइम्स र अलजजिराका पत्रकार रहेका छन्।

ती फोन नम्बरहरु १० वटा देशहरुको रहेका छन्। अजरबैजान, बहराइन, हङ्गेरी, भारत, काजकिस्तान, मेक्सिको, मोरक्को, रुवान्डा, साउदी अरब र युएईका नम्बरहरु पेगाससको शिकार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्