४ कार्तिक २०८३, मंगलवार

 

१८ वर्षमाथिलाई जोन्सन एन्ड जोन्सनको खोप

काठमाडौं उपत्यकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाइने भएको छ ।

५० वर्षदेखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिकलाई लगाएर बचेको खोप लगाइने भएको हो । उक्त खोप यही साउन ४ गतेदेखि लगाउन शुरु गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उक्त उमेर समूहलाई आजदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय भएको जानकारी दिए ।

‘बाँकी रहेको खोप लगाउन लागिएको छ । जोन्सन एन्ड जोन्सनको करिब एक लाख खोप बचेको छ । कतिजनालाई पुग्छ, त्यति लगाएर अरु खोपको व्यवस्था गरिनेछ, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

स्वास्थ्य सेवा विभागले काठमाडौं जिल्लालाई एक लाख ४० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung