६ जेष्ठ २०८१, आईतवार

 

माछापुच्छ्रे बैंकको सहयोगमा गंगालाल अस्पतालमा कोरोना वार्ड स्थापना हुने

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा माछापुच्छ्रे बैंकको सहयोगमा कोरोना विशेष वार्डको स्थापना हुने भएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सो बैंकले अस्पतालमा कोरोना विशेष वार्ड स्थापना गर्न लागेको हो । सोसम्बन्धी सम्झौतापत्रमा केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन् ।

अस्पताल परिसरमा उपलब्ध गराइएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड केन्द्रलाई हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्