४ श्रावण २०८३, सोमबार

 

रिलायबल लाइफका सीईओ लोहनीको कार्यकाल एक वर्ष थप्न प्रस्ताव

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीको कार्यकाल एक वर्ष थप हुने भएको छ । कम्पनीको सञ्चालक समितिको बैंठकले सीईओ लोहनीको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

समितिले निर्णय गरे पनि बिमा समितिले कार्यन्वयनका लागि स्वीकृति दिनुपर्छ । सञ्चालक समितिले बिमा समितिमा लोहनीको कार्यकाल थप्न प्रस्ताव पठाएको छ । लोहनीको पहिलो कार्यकाल यही साउन १७ गतेदेखि सकिँदै छ । उनी स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung