६ जेष्ठ २०८१, आईतवार

 

एडीबीले खोप कार्यक्रमका लागि नेपाललाई १९ अर्ब ७४ करोड ऋण दिने

एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ। बैंकले नेपाललाई दिने यो ऋण स्वीकृत गरिसकेको छ।

यसबाट १ करोड ५९ लाख डोज खोप खरिद हुने र ६८ लाख नेपाली लाभान्वित हुने बैंकले जानकारी दिएको छ। कोरोना भाइरसको थप विस्तारलाई रोक्नका लागि अत्यावश्यक खोप खरिदका लागि नेपाल सरकारलाई बैंकले सहयोग गर्दै आएको बैंकका अध्यक्ष मासासुगु आसाकावाले बताएका छन्।

जनजीवन तथा आर्थिक गतिविधि पुनरुत्थानका लागि कोभिड–१९ विरुद्धको खोप तत्काल खरिद गरेर वितरण गर्नु अत्यावश्यक छ। ‘मानव विकास तथा शैक्षिक गतिविधिलगायत जीवनसँग जोडिएका हरेक कुरालाई गति दिन पनि हाम्रो सहयोग जारी रहन्छ,’ अध्यक्ष आसाकावाले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्