३ कार्तिक २०८३, सोमबार

 

नेपालमा डेल्टा र अल्फासँगै कप्पा भेरियन्ट, कति जाेखिम ?

नेपालमा बढी संक्रामक मानिएको कोभिड–१९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाको जेनोमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट पुष्टि भएको र त्यसमध्ये ३ वटामा थप (के.४.१.७.एन_ म्युटेसन भेटिएको जनाएको छ ।

मन्त्रालयले जेठ मध्यदेखि देशका विभिन्न भागमा विभिन्न उमेरसमूहका व्यक्तिबाट संकलित नमुना सिक्वेन्सिङका लागि असार ३० गते भारत पठाएको थियो ।

यससहित हालसम्म नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा अर्को उत्परिवर्तित भेरियन्ट कप्पा पनि रहेको पुष्टि भएको छ । यी भेरियन्ट बढी संक्रामक रहेको तथा यिनले सबै उमेरसमूहका व्यक्तिमा असर पार्ने अध्ययनहरूले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung