२४ बैशाख २०८१, सोमबार

 

रोकिएका कामदार कोरिया लैजाने पहल अघि बढ्छ : राजदूत पार्क

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भाषापरीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका नेपाली युवालाई लैजान आफ्नो देश गम्भीर रहेको जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयमा बुधबार भएको भेटमा अर्थमन्त्री शर्माले भाषापरीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए ।

नेपालीहरूको मेहनत र इमानदारीबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषापरीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए । भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताका तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्