५ जेष्ठ २०८१, शनिबार

 

गण्डकी प्रदेशका दुई मन्त्रीलाई सहकारी संघले गर्याे स्वागत

गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले जिल्लाको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने सहकारी क्षेत्रमा काम गर्ने कर्मचारी तथा सहकारीकर्मीलाई तत्काल कोरोना खोपको व्यवस्थापन गर्ने बताएका छन् ।

नवगठित गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई गृह जिल्ला बागलुङमा जिल्लाका विषयगत सहकारी संघले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।

सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा रहेकोले अग्रपंक्तिमा रहेर काम गर्ने क्षेत्रलाई केही दिन भित्र कोप खोपको व्यवस्थानमा आफू लागि परेको बताए ।

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका आवश्यक छलफर गरी समाधान गर्न आफू तयार रहेको बताए ।

संघीय सरकारको सहकारी नीतिले प्रदेश सरकारलाई काम गर्न केही असहज भएकोले समन्वय गरेर जाने बताएका थिए ।

कार्यक्रममा प्रदेश सभा प्रदेश मामिला समितिका सभापति खिमविक्रम शाही, सहकारी महासंघका केन्द्रीय सदस्य हुमाकुमारी जिसी, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड नेफ्स्कोन केन्द्रीय संचालक चण्डिप्रसाद शर्मा पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको संचालनमा सम्पनन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्