६ जेष्ठ २०८१, आईतवार

 

कृषिमा आधुनिकीकरण आजको आवश्यकता : मन्त्री बुढा

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढा मगरले कृषिमा आधुनिकीकरण गरि कृषकको आर्थिक समृद्धिमा जोडने खालका नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । गलकोट समाज पोखराको आयोजनामा बधाइ एवम् सम्मान कार्यक्रममा यस्तो बताएका हुन् ।

समय सापेक्ष कृषिमा कान्ति आवश्यक रहेको भन्दै त्यसको लागि गण्डकी प्रदेश सरकारले आवश्यक गृहकार्य गर्ने मन्त्री बुढाको भनाई छ । भूमी व्यवस्था र सहकारीलाई पनि व्यवस्थित गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइने उनले बताए ।

समाजले मन्त्री बुढा र गण्डकी प्रदेश स्वास्थ्य तथा आपुर्ति निर्देशक खिमबहादुर खड्कालाई सम्मान गरेको छ ।

अमरसिंह चोकस्थित लेकाली चुलो हलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दलबहादुर थापा, गलकोट समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, संस्थाका संस्थापक सल्लाकार मोहनचन्द राजन, गलकोट समाज बागलुङका अध्यक्ष राजबहादुर थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार हिरा खत्री, गलकोट समाज जापानका प्रतिनिधी शिवु थापा सल्लाहकारहरु बमबहादुर छन्त्याल र सल्लाहाकार पूर्ण खत्रीको आतिथ्यता रहेको थियो ।

कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष खडकबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्णबहादुर खत्रीको स्वागत र कोषाध्यक्ष खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्