६ जेष्ठ २०८१, आईतवार

 

१० मिडिया कम्पनीलाई ८७ करोड सहुलियत ऋण, कुनले कति लिए ?

कोभिड–१९ बाट प्रभावित व्यवसायहरुको उत्थानका लागि ल्याएको पुनर्कजा सुविधामध्ये ८७ करोड रुपैयाँ मिडिया कम्पनीले उपभोग गरेका छन् । पुनर्कर्जा सुविधा नेपाल राष्ट्र बैंकले बैंमार्फत् दिने सहुलियत कर्जा सुविधा हो । यसमा नेपाल राष्ट्र बैंकले दुई प्रतिशत ब्याजदरमा बैंकलाई रकम उपलब्ध गराउँछ, त्यसबाट बैंकहरूले सहुलियत ब्याजदरमा कर्जा दिन्छन् ।

महामारीका कारण सञ्चारमाध्यमको आम्दानीमा ठूलो असर परेका कारण ठूला १० सञ्चारमाध्यम सञ्चालन गर्ने कम्पनीहरूले पुनर्कर्जा सुविधा उपभोग गरेका हुन् ।

अहिले सञ्चारमाध्यमहरूले कम्पनी ‘डाउनसाइज’ पनि गरिरहेका छन् । कोभिड–१९ महामारीको असर लम्बिदैं जाँदा त्यसबाट बढी प्रभावित हुनेमा सञ्चारमाध्यम पनि रहेका छन् । पछिल्ला वर्षहरूमा सञ्चारमाध्यमको संख्यात्मक र गुणात्मक विकाससँगै रोजगारी पनि थपिएका थिए । तर कोभिड–१९ पछि धेरै सञ्चारमाध्यमले कर्मचारी कटौती गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार मिडिया कम्पनीहरूले प्रभु बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, मेगा बैंक र आइसीएफसी फाइनान्समार्फत् पुनर्कर्जा सुविधा लिएका छन् । मिडिया कम्पनीहरूले कुल पुनर्कर्जा ८७ करोड ४१ लाख रुपैयाँमध्ये २५ करोड २१ लाख रुपैयाँ प्रभु बैंकले प्रदान गरेको छ । गत आर्थिक वर्षमा झण्डै डेढ खर्ब रुपैयाँ पुनर्कर्जा सुविधा उपभोग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्