४ श्रावण २०८३, सोमबार

 

आइएमईद्वारा बीमितको परिवारलाई १ करोड २ लाख भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको उदयपुर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी प्रदान गरेको छ । त्रियुगा नगरपालिका–१० उदयपुरका बिमित सूर्यबहादुर खड्काको परिवारलाई घरमै पुगेर १ करोड २ लाख ६० हजार रुपैयाँ दाबी भुक्तानी गरिएको हो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रममाझ खड्काकी पत्नी सिर्जना खड्कालाई हस्तान्तरण गरे । खड्काको २०७८ असार १५ गते निधन भएको थियो । कम्पनीले गत साउन २१ गते परिवारलाई रकम उपलब्ध गरायो ।

चेक हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रकाश खड्काले कम्पनीले मृतक परिवारलाई ठूलो राहत दिएको भन्दै आगामी दिनमा पनि जोखिम सुरक्षाका लागि विश्वाससिलो सेवा दिने आशा व्यक्त गरे ।

कार्यक्रममा सीईओ फुयाँल, मार्केटिङ विभाग प्रमुख कर्मराज पौडेल, एरिया ब्रान्च मेनेजर कृष्णप्रसाद घिमिरे र मेची अञ्चल प्रमुख मिलन दाहाल, कोशी अञ्चल प्रमुख ओमप्रकाश राईलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung