६ जेष्ठ २०८१, आईतवार

 

प्राइम बैंकको नाफा ३ अर्ब माथि पुग्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको खुद नाफा ४४.५६ प्रतशितले बढेर ३ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसले २ अर्ब २५ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा वितरणयोग्य नाफा ६४.८२५ ले बढेर २ अर्ब ६६ करोड ३१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी २८.२६५ ले बढेर ५ अर्ब ९५ करोड २१ लाख ११ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४३.७७५ ले बढेर ४ अर्ब ६९ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १४ पैसाले बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्